मन्दिर बनाउन जग खन्दा प्राचीन मूर्ति भेटिए « Khabarhub

मन्दिर बनाउन जग खन्दा प्राचीन मूर्ति भेटिए


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ स्थित अग्निसाइर मन्दिर निर्माण गर्न जग खन्ने क्रममा २९ वटा कलात्मक मूर्ति भेटिएका छन् ।

मन्दिरका अध्यक्ष सुरेश चौधरीले मन्दिर परिसरमा आज आयोजित एक कार्यक्रममा ती मूर्ति अग्निसाइर मन्दिरका पुजारीलाई ती मूर्ति हस्तान्तरण गरेका हुन् ।

मन्दिर बनाउन जग खन्ने क्रममा ढुङ्गामा कुदिएका कलात्मक मूर्ति भेटिएका र तिनलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न वडा कार्यालयलाई जिम्मा दिने निर्णय भएको मन्दिरका पुजारी चौधरीले बताए ।

मूर्ति हस्तान्तरण गर्नुअघि सर्वसाधारण र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा तिनलाई सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरी, साविक सीतापुर गाविसका पूर्वअध्यक्ष सहवीर चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्रीनारायण चौधरी, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ३८ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर