राजनीतिक दलका नेतालाई बानी सुधार्न पूर्वप्रधानन्यायाधीश कार्कीको सुझाव « Khabarhub

राजनीतिक दलका नेतालाई बानी सुधार्न पूर्वप्रधानन्यायाधीश कार्कीको सुझाव


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गरेकी छन् ।

उनले भनिन्, “राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि एक–अर्कालाई सम्मान गर्ने बानी छैन, प्रतिपक्षले विरोध गर्‍यो भनेर घोक्रेठ्याक लगाउने होइन, विरोध र स्वस्थ आलोचनाले सही बाटो देखाउँछ, एकले अर्कालाई पछारेको अनि राजनीतिको मल्ल युद्ध हेरेर मात्र जनताले अघाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ, नेता सुध्रनुस् ।”

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विगतका राजनीतिक घटनाक्रमको गहन विश्लेषण गरी सदनको स्थायित्वलाई मुख्य विषयवस्तु बनाएर संविधान जारी गरिएकामा पटक–पटक विघटनले राजनीतिक अस्थिरता रोक्ने सवालमा आएको अदालतको फैसलालाई आफनो स्वार्थका आधारमा ब्याख्या गरिन नहुनेमा जोड दिए ।

सांसद नवराज सिलवालले दलभित्रको आन्तरिक लोकतन्त्रको स्थिति कमजोर रहेको तथा राजनीतिक दलमा संस्थागत निर्णयभन्दा व्यक्तिवादी प्रवृत्ति हाबी भएको नतिजाका रूपमा अहिलेको अवस्था उत्पन्न भएको प्रतिक्रिया दिए ।

संविधानविद् विपीन अधिकारीले सदन जोगाउने विषयमा अदालतको फैसला स्वच्छ र स्वतन्त्ररूपमा आएको जिकिर गर्दै अदालतलाई गालीगलौज गरेर लोकतन्त्र बलियो नहुने बताए । रासस

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ५३ बजे

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा