अचेत अवस्थाका यात्रुको उद्धार « Khabarhub

अचेत अवस्थाका यात्रुको उद्धार


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ ।

अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । उनको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा भञ्ज्याङ क्षेत्रमा साँझ बास बसेकै स्थानमा लेक लागेर श्रेष्ठ अचेत अवस्थामा पुगेका थिए ।

बिरामीको खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालको आदेशबाट नेपाल प्रहरी, विष्णु दल गणका नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्वार टोली सोमबार नै परिचालन गरिएको थियो । बिरामीलाई रातभर बोकेर अस्पताल पुर्‍याइएको थियो ।

श्रेष्ठको जिल्ला अस्पताल धुञ्चेमा उपचार भइरहेको र उनको अवस्था क्रमिकरूपमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । ती बिरामीलाई समुद्र सतहदेखि करिब चार हजार ३०० मिटरको उचाइबाट सुरक्षाकर्मीले उद्वार गरेको हो ।

मानव बस्ती बाहिरको हिमाली क्षेत्र भएका कारण जङ्गलको पदमार्ग पहिचान गराउन र बोक्ने कार्यमा समेत यार्साका बासिन्दाले सहयोग गरेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

यस्तै गोसाइँकुण्ड मेलामा आएका करिब तीन हजार ५०० यात्रुमध्ये लेक लागेर बिरामी परेका चार जनालाई उद्वार गरिएको र सबैको अवस्था सामान्य बन्दै गएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । अन्य तीन जनालाई गोसाइँकुण्ड क्षेत्रबाट उद्वार गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ३० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको