कुवेतमा गैरकानुनी रुपमा बसेका नेपालीलाई पनि कोरोना खोप « Khabarhub

कुवेतमा गैरकानुनी रुपमा बसेका नेपालीलाई पनि कोरोना खोप


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेत सरकारले गैरकानुनी रुपमा बसेका विदेश श्रमिकहरूलाई पनि कोरोना बिरुद्धको खोप उपलब्ध गराएको छ ।

गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले बिहिबारसम्म कुवेतको ओफ्रा हेल्थसेन्टरमा खोप पुगेर खोप लगाउन सकिने गैरआबासीय नेपाली संघ (एनआरएनए)कुवेतले जनाएको छ ।

त्यहाँको सरकारले गैरकानुनी रुपमा बसेका बिदेशी श्रमिकको लगि खोप शिविर सञ्चालन गरी खोप दिईरहेको र समयमै खोप लगाई मौका फाइदा लिन गैरकानुनी रुपमा कार्यरत नेपालीलाई संघले अनुरोध गरेको छ ।

खोपका लागि आवस्यक पर्ने कागजपत्रहरु जस्तै, पासपोर्ट वा सिभिल आइडिको फोटो मोबाइलमा हुनुपर्ने, मोबाइलमा लोकल कलवाला सिमकार्ड अनिवार्य रुपमा लिएर जानु पर्नेछ ।

यदि कसैले अरुको पासपोर्ट कपि लिएर खोप केन्द्र गएको पाइएमा त्यहाँको सरकारले कानून बमोजिम कारवाही संघले जनाएको छ । दिउँसो चर्को घाममा लाइन बसेर खोप लगाउने नेपालीलाई थप समस्या नहोस् भनेर संघले आवश्यक समन्वय गर्नुका साथै पिउने पानी पनि वितरण गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ५३ बजे

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको