करदातालाई कर बुझाउन रचनात्मक दबाब « Khabarhub

करदातालाई कर बुझाउन रचनात्मक दबाब

दरबारमार्ग, न्युरोड र नयाँ बजारका करदाताको घरमा पञ्चेबाजासहित नाचगान


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई करतिर्न रचनात्मक दबाब दिने उदेश्यले काठमाडौँ महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएको छ ।

घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको महानगरपालिकाले सूचना निकाल्दा पनि अटेर गरेपछि यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

‘हामीले पटक–पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौँ,’ काठमाडौँ महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर–आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौँ ।’

उनले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए ।

अधिकारीले कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, ह्वाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपट्रिज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

‘दोस्रो पटक सूचना निकालेको पनि करीब एक महिना पुग्न लाग्दा समेत उहाँहरुले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौँ,’ अधिकारीले भने, ‘मौलिक बाजासहित समयमै कर तिरौँ, असल नागरिकको परिचय दिऔँ’ भन्ने नाराको व्यानरसहित महिलाहरुको सूमहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ ।’

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए । उनले यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताए ।

‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘यो खुशीको कुरा हो ।’

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १० : ०४ बजे

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा