माधव समूहको पार्टीले संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन « Khabarhub

माधव समूहको पार्टीले संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन

आयोग पदाधिकारीको बैठक बस्दै


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको अगुवाइमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधबार सनाखत भएको छ । अध्यादेशमार्फत संसदीय दल वा केन्द्रीय संघीय संसदको संसदीय दलमा कम्तिमा २० प्रतिशत सदस्यले दल विभाजन गर्न सकिने व्यवस्था गरिएपछि माधव समूहले एमाले विभाजन गर्दै नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा भदौ २ मा निवेदन दिएको थियो ।

आयोगमा सोमबार सो दललाई वैधता दिने प्रयोजनका लागि सनाखत गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि साविकको एमालेका २९ जना सांसदले सनाखत गरेको जानकारी दिए । उनका अनुसार एमालेको साविकको २०३ केन्द्रीय कमिटीका सदस्य मध्ये ५४ जनाले सनाखत गरेका छन् ।

संघीय संसदमा एमालेका १५४ जना सांसद थिए । त्यसको २० प्रतिशतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि एकीकृत समाजवादीका

लागि २९ जनालेमात्र सनाखत गरेका हुन् । संसदीय दलमा संख्या अपुग भए पनि यसले दल विभाजनमा कुनै बाधा भने पार्ने छैन ।
त्यस्तै २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशतका लागि ४१ जना सदस्य आवश्यक पर्ने भए पनि ५४ जनाले सनाखत गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले सहज बनाएपछि एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्न माधव समूहलाई सहज भएको हो ।

आयोगका प्रवक्ता श्रेष्ठले सनाखतको काम सकिएकाले बुधबार नै पदाधिकारीको बैठक बस्ने जानकारी दिए । तर, बुधबार नै माधव समूहले दल दर्ताको प्रमाण पत्र पाउने वा नपाउने भन्ने विषयमा भने कुनै टुंगो छैन ।

आयोगमा बुधबारै अर्को दल समाजवादी विभाजन भएर महन्थ ठाकुरको अगुवाईमा लोकतान्त्रिक समाजवादी गठनका लागि सनाखत भएको छ । अब निर्वाचन आयोगले यी दुई नयाँ दल दर्ताबारे निर्णय गर्नेछ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : २२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको