छाडा छोडिएका कुकुरलाई खाना खुवाउन र बन्ध्याकरण गर्न गोल्यान समूहको सहयोग « Khabarhub

छाडा छोडिएका कुकुरलाई खाना खुवाउन र बन्ध्याकरण गर्न गोल्यान समूहको सहयोग


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छाडा छोडिएका काठमाडौँ उपत्यकाका कुकुरको आहार व्यवस्थापन गर्न गोल्यान समूहले आर्थिक सहयोग गरेको छ ।

छाडा छाडिएका कुकुरको संख्या वर्षेनी बढ्दै गएपछि नियन्त्रण गर्न गोल्यान समूहले कुकुरको बन्ध्याकरण गर्न पनि सहयोग गरेको छ ।

गोल्यान समूहले करिब ८ वर्षदेखि छाडा छाडिएका कुकुरको हेरचाह गर्दै आएको स्नेह केयरलाई सहयोग गरेको हो ।

जस अन्तर्गत गोल्यान समूहले १ हजार २०० सामुदायिक कुकुरलाई खाना खुवाउने र पहिलो चरणमा २०० कुकुरहरूको बन्ध्याकरण गर्न सहयोग गरेको गोल्यान समूहका निर्देशक अक्षय गोल्यानले बताए ।

स्नेह केयरका कर्मचारीसँग मिलेर गोल्यान समूहले मंगलबारदेखि कुकुरलाई खाना खुवाउने थालेको उनले बताए । यो कार्यमा गोल्यान समूहका कर्मचारी पनि सहभागी भएका छन् ।

उनले भने, ‘म आफूँ पनि जनावर प्रेमी भएकाले छाडा छाडिएका कुकुरहरूलाई खाना खुवाउन पाउँदा खुशी लागेको छ ।’
कुकुरलगायत अन्य छाडा छोडिएका पशु चौपायालाई गोल्यान समूहले वर्षेनी सहयोग गर्ने उनले बताए ।

कोरोना महामरीको समयमा कुकुरले खाना नपाउँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै भोका कुकुरलाई खाना खुवाउने योजना बनेको उनको भनाइ छ ।

छाडा छाडिएका कुकुरको हेरचाहमा स्नेह केयरले राम्रो काम गरेकाले यही केयरसँग मिलेर काम गरेको गोल्यान समूहले जनाएको छ ।

गोल्यानले भने, ‘पृथ्वीमा मानिसलाई जति नै अन्य जीव जनावरलाई पनि बाँच्न पाउने अधिकार छ । उनीहरूको अधिकार मानिसले नै रक्षा गरिदिनुपर्छ । हामी यही अभियानमा छौँ ।’

जनावरलाई बचाउने जिम्मेवारी आफूहरूले लिुनपर्ने उनको भनाइ छ ।

कार्यक्रम नै बनाएर स्नेहकेयरमा भएका तथा अन्य स्थानमा छाडा छोडिएका कुकुरलाई सहयोग गर्ने गोल्यान समूहको योजना छ ।

यो कार्यले जनवार प्रति हुने अमानवीय व्यवहार नियन्त्रणमा आउन सक्ने उनको विश्वास छ । छाडा छोडिएका पशुमाथि मानिसको अमानवीय व्यवहार बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

यो वर्ष चार चरणमा ४०० कुकुरको बन्ध्याकरण गर्न स्नेहकेयरलाई सहयोग गर्ने गोल्यान समूहको योजना छ ।

गोल्यान समूहले प्रत्येक चरणमा १०० कुकुरको बन्ध्याकरण गर्न सहयोग गर्नेछ । त्यस्तै १२ सय कुकुरलाई खाना खुवाउने योजनामा गोल्यान समूहको छ ।

गोल्यान समूहबाट सहयोग पाउँदा आफुलाई थप हौसला पुगेको स्नेय केयर सञ्चालिका स्नेह श्रेष्ठले बताइन । उनले भनिन, ‘उहाँहरूको सहयोगले यस क्षेत्रमा थप काम गर्ने हौसला मिलेको छ ।’

गल्लीका कुकुरले केही दिन भएपनि मिठो खान पाउने भन्दै श्रेष्ठले गोल्यान समूहलाई धन्यवाद दिइन ।
प्राइभेट क्लिनिकमा बन्ध्याकरण गर्न सात हजार भन्दा पनि बढी लाग्ने भएपनि आफुहरूले २ हजार ५०० रुपैयाँमा बन्ध्याकरण गर्ने गरेको उनले बताइन ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : २१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक