कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर) « Khabarhub

कर नतिर्नेहरुको घर दैलोमा पञ्चेबाजा (फोटोफिचर)


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको छ ।

बुधबार काठमाडौं वडा नंवर २२ स्थित आर वी कम्प्लेक्स, केशा प्रोपर्टिज प्रालि लगायतका ठाउँमा पुगेर कर बक्यौता रहेको भन्दै पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको हो । सो क्रममा महानगरले कर तिर्न सूचना समेत टाँस गरेको छ ।

यसअघि सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले पञ्चेबाजा बजाएर कर तिर्न सूचित गरेको काठमाडौं महानगर राजस्व विभागका सहायक निरीक्षक प्रतिक लायमाले जानकारी दिए ।

महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने जनाएको छ । घरजग्गा–सम्पत्ति कर नतिर्नेहरुमा कान्तिपुर होटल, होटल प्लाटिनियम, ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर लगायतका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : ४९ बजे

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार