गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी « Khabarhub

गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।

गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिएका हुन् ।

उनले विमानस्थलमा कति काम भयो र कति काम गर्न बाँकी छ र कहिलेसम्म उद्घाटन गर्न सकिन्छ भन्नेबारे सचिव र महानिर्देशक समक्ष जिज्ञासा राखेका थिए ।

जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिब्रेसन फ्लाइट’का लागि भारतलाई आग्रह गरिएको भन्दै भारतीय टोली आएर ‘क्यालिब्रेसन फ्लाइट’को काम पूरा गरेपछि तीन महिनाभित्र उद्घाटन गर्न सकिने बताएका थिए ।

सचिव कोइराला र महानिर्देशक पोखरेलले गृहमन्त्री खाँणलाई विमानस्थल निर्माणका क्रममा भएका प्रगति, देखिएका समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या र राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ४१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको