नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकमसमेत घट्यो « Khabarhub

नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकमसमेत घट्यो


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर तीन हजार ७६.४४ मा ओर्लेको हो।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत आज खुम्चिएको छ ।

कूल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर रु १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरणसमेत ओरालो लागेको छ । नेप्सेका अनुसार कूल रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २९.४७, व्यापार ४१.१९, होटल तथा पर्यटन ५१.३१, विकास बैंक १६५.५९, जलविद्युत् १३.४, वित्त २१.२९, निर्जीवन बीमा ४२२.५३, उत्पादन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, जीवन बीमा ३५४.७४, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२२ विन्दुले ओरालो लागेका छन् ।

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर रु ४८ करोड ७० लाख ६५ हजार २१८, अरुण भ्याली हाइड्रोपावर रु ४६ करोड ७१ लाख ११ हजार ३०७, नेशनल हाइड्रोपावर रु ३६ करोड २८ लाख १० हजार ४४१ र आइसिएफसी फाइनान्स रु ३५ करोड ९७ लाख ८० हजार २३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । माउण्टेन इनर्जी नेपाल ७.६९, दिव्यश्वरी हाइड्रोपावर ३.२६ र साधना लघुवित्तका लगानीकर्ताले २.७१ प्रतिशतले कमाए ।

यस्तै खानीखोला हाइड्रोपावर ९.९८, जानकारी फाइनान्स ६.०६, जनरल इन्स्योरेन्स कम्पनी ५.६९, नेपाल फाइनान्स ५.५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ०८ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा