महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत « Khabarhub

महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा सहकार्यको सहमति भएको हो ।

“महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा दुवै पक्षले आपसी सम्बन्धका समग्र पक्षबारे जानकारी लिनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे विचार आदानप्रदान गरेका थिए । प्राविधिक सहयोग, व्यापार तथा लगानी, पर्यटन र संस्कृति, शिक्षा तथा जनता–जनताबीचको सम्बन्धबारे पनि बैठकमा विचारविमर्श भएको थियो ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र थाइल्याण्डको प्रतिनिधित्व त्यहाँको परराष्ट्र मन्त्रालयका स्थायी सचिव थानी थोङपाक्दीले गरेका थिए । महामारीविरुद्ध लड्न थाइल्याण्डलले नेपाललाई औषधि एवं उपकरण सहयोग गरेकामा सचिव पौड्यालले थाइल्याडको राजपरिवार, परराष्ट्र मन्त्रालय, भिरापुचोङ प्रतिष्ठान र लुम्बिनीस्थित शाही थाई विहारप्रति नेपाल सरकारका तर्फबाट आभार प्रकट गरे ।

दुई देशबीचको आर्थिक साझेदारीमा जोड दिँदै परराष्ट्र सचिव पौड्यालले नेपालमा वैदेशिक लगानीको वातावरण बनाउन नेपाल सरकारले शुरु गरेका नीतिगत, कानूनी, संस्थागत एवम् प्रक्रियागत सुधारबारे जानकारी दिएका थिए । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विम्स्टेक)मार्फत क्षेत्रीयस्तरमा पनि सहयोग प्रवर्द्धन गर्नेबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकाल, परराष्ट्र, अर्थ, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

थाई प्रतिनिधिमण्डलमा त्यहाँको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय सहयोगका लागि थाई नियोगका उच्च अधिकारी सहभागी थिए । संयुक्त आयोगको छैटौँ बैठक दुवै पक्षलाई सहज हुने मितिमा हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ४५ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका