भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ « Khabarhub

भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.जलिद, विश्वास मण्डल, रोशन गुप्ता, सुजित यादव, फिरोज रोय, समिर खान, सरोज खान र अमित यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले उपचारका लागि आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई झुक्याउने तथा आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने गरेको पाइएको हो ।

यस्ता किसिमका ब्यवहारबाट अन्य कोही पनि पीडित भएको भए सम्पर्क गर्न समेत जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : १३ बजे

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये