भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ | Khabarhub Khabarhub

भ्रम फैलाएर बिरामीलाई दुःख दिने १० विचौलिया पक्राउ


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरुलाई भ्रम फैलाई दुःख दिने १० विचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा श्रीराम चौधरी, सूर्य नारायण यादव, मो.जलिद, विश्वास मण्डल, रोशन गुप्ता, सुजित यादव, फिरोज रोय, समिर खान, सरोज खान र अमित यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले उपचारका लागि आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई झुक्याउने तथा आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने गरेको पाइएको हो ।

यस्ता किसिमका ब्यवहारबाट अन्य कोही पनि पीडित भएको भए सम्पर्क गर्न समेत जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : १३ बजे

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट