पछिल्लो २४ घण्टामा ४ लाख १० हजार जना कोरोनामुक्त « Khabarhub

पछिल्लो २४ घण्टामा ४ लाख १० हजार जना कोरोनामुक्त

थपिने करिब ५ लाख नजिक, ८ हजार बढीको मृत्यु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख १० हजार ८३९ जना कोरानामुक्त भएका छन् ।

ओल्डोमिटरको नयाँ विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ७० हजार ९६२ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी भारतमा २८ हजार, इरानमा २५ हजार, बेलायतमा २६ हजार, टर्कीमा २० हजार र रुसमा १५ हजार वढी निको भएका छन् । ब्राजिलमा ६ हजार मात्र निको भएका छन् ।

यससँगै कुल संक्रमित २३ करोड १८ लाख, ५३ हजारमध्ये २० करोड ८४ लाख ४४ हजार जना कोरोनामुक्त भइसकेका छन् ।
हालसम्म साढे ४७ लाखको कोरोनासंक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८ हजार २९४ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये अमेरिकामा एक हजार ९४५, रुसमा ८२८, ब्राजिलमा ६८०, भारतमा २९१, इरानमा २८४, टर्कीमा २२१ र बेलायतमा १८० जनाको मृत्यु भएको छ ।

यही अवधिमा ४ लाख ८५ हजार ८१० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा पनि अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ १ लाख २१ हजार १६६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा २९ हजार ५८०, ब्राजिलमा १९ हजार ४३८, बेलायतमा ३५ हजार ६२३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी रुसमा २१ हजार ३७९, टर्कीमा २७ हजार १९७ र इरानमा १५ हजार २९४ जनामा संक्रमण पाइएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ३० बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।