बलेवामा नगर अस्पताल सञ्चालन « Khabarhub

बलेवामा नगर अस्पताल सञ्चालन


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- जिल्लाको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।

बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रबार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे। तत्काल पुरान संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौँ, जनशक्ति समेत थप्ने योजना छ’, पौडेलले भने। स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि नौ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन रु १८ करोड बजेट बिनियोजन गरिएको छ ।

‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । हाल यहाँ सनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झण्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए।

‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग सङ्कलन समेत भइरहेको छ’, उनले भने । रोजगारका लागि विदेशमा रहेकाहरुले समेत अस्पताल निर्माणका लागि सहयोग गर्न थालेको पौडेल बताउँछन् । भरपर्दो अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुश्मा, पोखरालगायतका ठाउँ जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : २६ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले