के हो डिमेन्सिया ? बुढ्यौलीमा बिर्सने बानी रोग हो ? « Khabarhub

के हो डिमेन्सिया ? बुढ्यौलीमा बिर्सने बानी रोग हो ?


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्य बिर्सने समस्याबाट सुरु हुने डिमेन्सिया एक किसिमको नसा तथा मानसिकसम्बन्धी रोग हो । सामान्यतया यस्तो रोग ६५ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई हुने गर्दछ । तर, यो समस्या केवल उमेरका कारणले मात्र नहुन सक्छ ।

बुढ्यौली उमेरमा बिर्सने बानी हुनु धेरैले सामान्य नै मान्छन् । तर बिर्सने समस्याबाट सुरु हुने यो रोगले पछि बोल्न समस्या हुने, बोल्न नसक्ने या वस्तुहरूको पहिचान नै गर्न नसक्ने पनि हुन्छ ।

पछिपछि चर्पीको पहिचान गर्न नसक्ने, जतापायो त्यतै दिसापिसाब गर्ने, आफ्नो कपडाको पहिचान गरी राम्रोसँग लगाउन नसक्नेजस्ता समस्या समेत हुन सक्छ । जसलका कारण आफ्नो जीवन निर्वाह गर्न अरूको भर पर्नुपर्ने हुन्छ ।

लक्षण
समस्या जटिल हुँदै जाने क्रममा डिमेन्सियामा मानसिक समस्याहरू थपिँदै जान्छन् । यस्तो अवस्थामा निम्न लक्षण देखिन सक्छ :
– एक्लै रुने
– एक्लै बर्बराउने
– विनाकारण रिसाउने
– शंका गर्ने
– निन्द्रा नपर्ने
– एकैछिनमा रुने एकैछिनमा हाँस्ने

रोगको पछिल्लो अवस्थामा बिरामीको आफ्ना गुण र व्यवहारमा परिवर्तन हुने गर्दछ । डिमेन्सियाको प्रमुख कारण अल्जाइमर्स हो । यी बाहेक अन्य धेरै रोग तथा टाउकोमा चोट लाग्नु, अल्कोहोल आदि कारणले यो समस्या हुने गर्दछ । यस्तो समस्या हुँदा मुख्यतः मस्तिष्कको तौल घट्ने, खुम्चने र भेन्ट्रिकल्स सुन्निने हुन्छ ।

रोकथाम
यो रोगबाट बच्न मस्तिष्कको व्यायाम आवश्यक हुन्छ । त्यसैले शारीरिक व्यायामका साथै मष्तिकको व्यायाम गर्नु पर्दछ । यसकालागि पढ्ने, लेख्ने, हिसाब गर्ने, क्रसवर्ड, दिमागी खेल, चेस खेल्ने बानी गर्दा दिमागलाई लाभ पुग्दछ ।

माथिल्लो तहसम्म अध्ययन गरेका आइक्युका विज्ञहरूमा यस्ता समस्या कम हुन्छन् । त्यस्तै, हरियो चिया, क्याफिन, डार्क चकलेट, रेड वाइन, भिटामिन बी १२, भिटामिन ईलगायत खाद्य पदार्थ खाने व्यक्तिहरूमा पनि यो समस्या देखिने सम्भावना कम रहन्छ ।

यस अलावा रक्तचाप र चिनी रोगलाई नियन्त्रण गर्ने, चिल्लो कम खाने र महिनावारी बन्द भएका महिलाहरूलाई इस्ट्रोजिन हार्मोन दिनुजस्ता कार्यले लाभ पुर्‍याउँछ । समयमै उपचार गरे धेरै समस्याबाट बच्न सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ०९ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो