गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न पूर्वमन्त्री पौडेलको आग्रह « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा विलम्ब नगर्न पूर्वमन्त्री पौडेलको आग्रह


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– एमाले उपमहासचिब तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई पौडेलले आग्रह गरेका छन् ।

उद्योग व्यापार सङ्गठन रुपन्देहीको नवनिर्मित भवनको उद्घाटनका क्रममा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माणको काम अविलम्ब अघि बढाउन माग गरेका हुन् ।

उनले त्यसका लागि नेपाल सरकारले काउण्टर पार्ट फण्ड व्यहोर्ने गरी गरेको निर्णय रद्द नगर्न, एसियाली विकास बैंकसँग ऋण सम्झौता गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर सक्षम निर्माण कम्पनी छनोट गरी निर्माणकार्य अघि बढाउन माग गरे ।

उनले विकासका आयोजना रद्द गर्ने र बजेट कटौती गर्ने काम विकासविरोधी भएकाले त्यसो नगर्न नेपाल सरकारसँग आग्रह गर् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकिएमा रुपन्देही जिल्लाको मात्र नभएर र लुम्बिनी प्रदेशका नागरिकको व्यापक विरोध हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

पूर्वअर्थमन्त्री पौडेलले अघिल्लो सरकारको कार्यकालमा यस विमानास्थल निर्माणको कामलाई उच्च प्राथमिकतामा राखिएको पनि बताए । उनले विकासका आयोजनामा विनियोजित बजेटमा गरिने कटौतीले आगामी दिनमा पनि गलत नजिर स्थापित गर्ने बताए । रासस

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : २० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय