टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप : अफगानिस्तान र स्कटल्यान्ड भिड्दै


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ ।

विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे सुरु हुनेछ ।

सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।

स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर-१२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहँदै स्कटल्यान्डले सुपर-१२ मा स्थान बनाएको हो । दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ । पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।

हिजो (आइतबार) भएको बहुप्रतीक्षित खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : २२ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ