उपमेयर कप फुटबल : वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा « Khabarhub

उपमेयर कप फुटबल : वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको वाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो ।

कनकाईको लागि कुसुम खतिवडा र वाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए पनि बाग्मतीलाई गोलअन्तरमा पछि पार्दै कनकाई समूह एबाट प्रतियोगितामा अघि बढेको हो । दुबै टोलीको दुई खेलबाट समान ७ अंक रहेको छ ।

वाग्मतीले राष्ट्रिय टोलीका रेणुका नगरकोटे, रश्मीकुमारी घिसिङ र गीता राणालाई टोलीमा समावेश गरे पनि दोस्रो चरणमा स्थान बनाउन सकेन ।

खेलमा कनकाईकी कुश्मा राई प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन् । आजै समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा चार टीम र अन्य समुहमा तीन– तीन टीम रहेका छन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन् । साथै, फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ३ : १६ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट