कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस | Khabarhub Khabarhub

कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुर्व्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन् । ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही गर’ लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन् । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा १७ जनामाथि मुद्दा चलाएको छ  ।

यसैबीच, पक्राउ परेका कार्यकर्ताको रिहाइको  माग गर्दै जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ । जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले सोमबारदेखि १६ कात्तिकसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ६ : ५९ बजे

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन