चुट्किला : साइकल यात्री र चोर « Khabarhub

चुट्किला : साइकल यात्री र चोर


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन एक साइकल यात्री साइकल बाहिर राखेर चिया पिउन होटेलमा पसेछ । चिया पिएर बाहिर आउँदा उसको साइकल त्यहाँबाट चोरी भएछ ।

साइकल चोरी भएको थाहा पाएपछि ऊ धम्की दिँदै कराउन थालेछ— म फेरि चिया पिउन भित्र जाँदै छु । त्यति बेलासम्म जसले मेरो साइकल चोरेको हो, तुरुन्त ल्याऊ, होइन भने २०६३ सालमा यहाँ जे भएको थियो, त्यही घटना दोहोरिने छ ।

चिया पिएर बाहिर आउँदा उसको साइकल त्यही भेट्छ । जान लाग्दा त्यही साइकल चोरले सोधेछ— होइन बाबु, यहाँ २०६३ सालमा के घटना घटेको थियो र ?

साइकल यात्रीको जवाफ : के हुने नि, टन्टलापुर घाममा यहाँबाट म हिँडेर घर जानुपरेको थियो ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : १७ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब