एसी मिलान, एथ्लेटिको र पोर्टोले अन्तिम खेल कुर्नुपर्ने « Khabarhub

एसी मिलान, एथ्लेटिको र पोर्टोले अन्तिम खेल कुर्नुपर्ने


९ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब एथ्लेटिको मड्रिड इटालियन क्लब एसी मिलानसँग पराजित भएपछि समूह ‘बी’ बाट नक आउट चरणमा उपविजेताको रूपमा प्रवेश गर्न तिन क्लबको बाटो खुला भएको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई २-०ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । पाँचौँ जित निकालेको इंग्लिस क्लब लिभरपुल १५ अंकका साथ शीर्षस्थानमा १० अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनायो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे ।

समूह ‘बी’ कै अर्को खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्‍यो । मिलानको जितमा जुनियर मेसिएसले निर्णायक गोल गरे ।

मिलानको जितसँगै समूहमा पोर्टो, मिलान र एथ्लेटिको तिनै क्लबको अर्को चरण सम्भावना कायम रहेको छ । अब, अन्तिम खेलबाट नै समूहको उपविजेता टोलीको टुंगो लाग्नेछ । अन्तिम खेलमा लिभरपुलले एसी मिलानसँग खेल्दा एथ्लेटिकोले पोर्टोसँग खेल्नेछ ।

जितपछि समूहमा १५ अंकसहित लिभरपुल पहिलो स्थानमा छ । पोर्टो पाँच अंकसहित दोस्रो स्थानमा छ । समान चार अंक बनाएका मिलान र एथ्लेटिको क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  १० : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र