एसी मिलान, एथ्लेटिको र पोर्टोले अन्तिम खेल कुर्नुपर्ने « Khabarhub

एसी मिलान, एथ्लेटिको र पोर्टोले अन्तिम खेल कुर्नुपर्ने


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब एथ्लेटिको मड्रिड इटालियन क्लब एसी मिलानसँग पराजित भएपछि समूह ‘बी’ बाट नक आउट चरणमा उपविजेताको रूपमा प्रवेश गर्न तिन क्लबको बाटो खुला भएको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई २-०ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । पाँचौँ जित निकालेको इंग्लिस क्लब लिभरपुल १५ अंकका साथ शीर्षस्थानमा १० अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनायो । लिभरपुलको जितमा थियागो अलकान्तारा र मोहम्मद सलाहले गोल गरे ।

समूह ‘बी’ कै अर्को खेलमा एसी मिलानले एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्‍यो । मिलानको जितमा जुनियर मेसिएसले निर्णायक गोल गरे ।

मिलानको जितसँगै समूहमा पोर्टो, मिलान र एथ्लेटिको तिनै क्लबको अर्को चरण सम्भावना कायम रहेको छ । अब, अन्तिम खेलबाट नै समूहको उपविजेता टोलीको टुंगो लाग्नेछ । अन्तिम खेलमा लिभरपुलले एसी मिलानसँग खेल्दा एथ्लेटिकोले पोर्टोसँग खेल्नेछ ।

जितपछि समूहमा १५ अंकसहित लिभरपुल पहिलो स्थानमा छ । पोर्टो पाँच अंकसहित दोस्रो स्थानमा छ । समान चार अंक बनाएका मिलान र एथ्लेटिको क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ०४ बजे

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६