द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न, सय १९ जना विद्यार्थीहरु दिक्षित « Khabarhub

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न, सय १९ जना विद्यार्थीहरु दिक्षित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन् ।

कोरोना महामारीका कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमा हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम स्थलमा कोरोना संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो । त्यस्तै, सीमित व्यक्तिहरुलाई मात्रै कार्यक्रम स्थलमा निम्तो गरिएको थियो । साथै कार्यक्रममा उपस्थित हुन नसक्नेहरुका लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो।

सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा विभाजन गरिएको थियो । बिजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दीक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ४ सय १९ जना विद्यार्थीहरु दिक्षित भएका हुन् ।

कोभिड–१९ का कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीई, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तब्य राख्दै दिक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए ।

कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए ।

सोही कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाई दिए । ‘कोरोनाभाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन्।

कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरुले डिस्टिङ्सन ल्याएका छन्।’ कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन्। मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरु सफल हुनेछन्। तपाईहरुको उज्वल भविष्यको कामना पनि गर्दछु ।’

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ११ : ४४ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको