स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने « Khabarhub

स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा सानाव्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ ।

बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो ।

२०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी संस्थामार्फत लगानी गर्दैआएको भए पनि कोषमा नवनियुक्त कार्यकारी निर्देशक विश्वमोहन अधिकारी आएपछि बैङ्कमार्फत पनि लगानी गर्न लागेको हो । कोषले हालसम्म बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट करिब १० अर्ब ४७ करोड रूपैयाँ कर्जा लगानी गरिरहेको छ । जसबाट हालसम्म करिब ८१ हजारभन्दा बढी युवाहरूलाई स्वरोजगार बनेका छन् ।

त्यस्तै कोषले थप स्वरोजगारिता सृजना गर्नका लागि पछिल्लो पटक गरिमा विकास बैङ्कसँग रू ५ करोड थोक कर्जा लगानीको लागि बुधबार सम्झौता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : १५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका