रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए « Khabarhub

रतुवामाई वृक्षरोपण आयोजनाका मसलाका रुख काटिए


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो ।

कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक जातका बिरुवा लगाउने योजना अनुरुप मसलाको रुख कटान गर्न थालिएको बताए। उनले शिवसताक्षी नगरपालिका–१० पूर्वपश्चिम राजमार्ग उत्तर रहेका क्षेत्रका रुख धमाधम कटान गरिरहेको बताए । दुई हजार ७५३ हेक्टर क्षेफलमा फैलिएको सो वनमा ५० हजार हेक्टरमा १५ वर्षअघि सिसौका रुख हटाएर मसला जातको विरुवा लगाइएको थियो ।

कटान गरिएको रुखमध्ये स्थानीय उपभोक्तालाई २५ प्रतिशत बिक्री गरिन्छ भने ५० प्रतिशतमा टेण्डर आह्वानद्वारा बिक्री गरिने उनको भनाइ छ । बाँकी रहेको २५ प्रतिशत वन पैदावर विकास समिति काठमाडौँलाई हस्तान्तरण गरिनेछ ।

उनले मसला जातको काठको मूल्यभन्दा टिकको मूल्य महँगो हुने र छिटो हुर्कने हुँदा कटान गरिएको क्षेत्रमा टिक जातको बिरुवा लगाउने बताए। मसलाको काठको बजार मूल्य हाल प्रति क्यूफिट रु ३०० देखि ६०० सम्म रहेको उनले बताए । वन क्षेत्रमध्येको १० प्रतिशत जमिनमा कदम, २० प्रतिशतमा टिक र १० प्रतिशतमा विभिन्न प्रजातिका रुख लगाइएको छ ।

उनले आयोजनाले ढलापढा रुख बेचेर मात्र वार्षिक रु एक करोड ५० लाख आम्दानी गर्दै आएको बताए। उनले हाल वन क्षेत्रको ६३ हेक्टर जमिन भने अतिक्रमणको चपेटामा परेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ७ : ०८ बजे

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब