नियमित साइकल कुदाउने पाउँछन् यी ६ फाइदा « Khabarhub

नियमित साइकल कुदाउने पाउँछन् यी ६ फाइदा


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साइकल कुदाउनु आजकल बाध्यता भन्दा धेरैको रहर मात्र हुने गरेको छ । सहरी क्षेत्रमा बालबालिकालाई खेल्न साइकल किनिदिने चलन छ भने तराईमा अझै साइकल चढ्नेको संख्या धेरै छ । साइकल कुदाउँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्दछ ।

जुनसुकै उमेरका व्यक्तिले पनि साइकल चलाउन सक्छन् । अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्ति स्वस्थ हुने चिकित्सक बताउँछन् ।

यी हुन् नियमित साइकल कुदाउँदा हुने फाइदाहरू :

क) दैनिक साइकल कुदाउँदा रगतमा अक्सिजनको मात्रा आपूर्ति हुन्छ र रक्त सञ्चारमा सुधार आउँछ । यसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

ख) नियमित साइक्लिङ गर्दा मांसपेशीहरू बलिया हुन्छन् । साइकल चलाउँदा ढाड र गर्धनको दुखाईबाटसमेत राहत मिल्ने गर्छ ।

ग) दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजारौँ संख्यामा क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसलाई दुब्लो बनाउन मद्दत गर्दछ ।

घ) नियमित साइकल कुदाउँदा स्तन र मलद्वारको क्यान्सरको जोखिम कम हुने गर्दछ ।

ङ) दैनिक ३० मिनेट साइक्लिङ गर्नेहरूमा ४० प्रतिशतसम्म मधुमेह हुने खतरा कम हुन्छ ।

च) मानसिक स्वास्थ्य, तनाव, चिन्ता, डिप्रेसन, उदासीनतालाई नियमित साइक्लिङ गरेर कम गर्न सकिन्छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : १० बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका