महिला भलिबल टोलीको लगातार तेस्रो जित « Khabarhub

महिला भलिबल टोलीको लगातार तेस्रो जित


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो ।

नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । महिला टोलीले आइतबार दिउँसो सवा १ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३-२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३-० को जित निकालेको थियो ।

शनिबार नै हुने पुरुषतर्फको खेलमा साँझ पौने ६ बजे नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : ३० बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका