क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास | Khabarhub Khabarhub

क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना दिँदै उनले यस पावन पर्वले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राखेका छन् ।

धर्मनिरपेक्ष राष्ट्र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका स्मरण गरेका छन् ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै उनले विकृतिलाई रोक्दै भड्किलो हुन नदिन र कमभन्दा कम खर्चमा चाड पर्व मनाउन अनुरोध गरेका छन् ।

विश्वमा पुनःफैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ नेपालमा पनि थप फैलनसक्ने विज्ञले चेतावनी दिइरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले विज्ञको सुझावलाई ध्यान दिन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै क्रिसमस मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : १५ बजे

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम, कमाउँछन् वार्षिक दुई लाख

बनियानी– यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि

सांसद ढकालको माग : मुक्त कमैयाको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गर्नुपर्छ

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त

ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबिच