क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास « Khabarhub

क्रिसमसले सम्पूर्ण नेपालीमा सद्भाव, एकता र भ्रातृत्व कायम गर्ने उपराष्ट्रपतिको विश्वास


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा आज शुभकामना दिँदै उनले यस पावन पर्वले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राखेका छन् ।

धर्मनिरपेक्ष राष्ट्र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएका स्मरण गरेका छन् ।

पछिल्लो समय धार्मिक तथा सांस्कृतिक चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै उनले विकृतिलाई रोक्दै भड्किलो हुन नदिन र कमभन्दा कम खर्चमा चाड पर्व मनाउन अनुरोध गरेका छन् ।

विश्वमा पुनःफैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ नेपालमा पनि थप फैलनसक्ने विज्ञले चेतावनी दिइरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले विज्ञको सुझावलाई ध्यान दिन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै क्रिसमस मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : १५ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका