भक्तपुरमा यौन तथा महिला हिंसाको घट्ना बढ्दै | Khabarhub Khabarhub

भक्तपुरमा यौन तथा महिला हिंसाको घट्ना बढ्दै


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- घटनाभक्तपुरका राम श्रेष्ठ (नाम परिवतन) को दैनिकी मद्यपान गरेरै बित्छ । मद्यपान गरी परिवारको अन्य सदस्यलाई शारीरिक र मानिसक तनाव दिने भएकोले उनलाई छिमेकीको सहयोगमा सुधारगृहमा राखिएको छ।

उनको दुई सन्तान र एक श्रीमती छन् । चार दाजुभाईमध्ये उनका एक भाई नेपाल प्रहरीमा कार्यरत छन् । श्रेष्ठले मद्यपान गर्ने भएकै कारण उनको परिवारका अन्य सदस्यलाई समेत छरछिमेकले हेयका दृष्टिले हेर्छन ।

उनका भाईहरूले पनि जग्गाको साँध सीमाना मिच्ने र मानसिक परिवारका सदस्यलाई तनाव दिने गरेका छन् । यस्तो दुर्व्यवहार सहन नसकेर उनकी श्रीमती प्रहरी कार्यालयमा उजुरी दिन गइन् । तर, त्यहाँ साक्षी बस्ने कोही नभएपछि महानगरीय प्रहरी वृत्त, जगातीले केही कारबाही अघि नै नबढाएको उनले बताइन । अन्तत, उनको सो उजुरी त्यतिकै राखियो ।

घटना दुवाकोटकी सीता थापा (नाम परिवर्तन) ले कृष्ण थापासँग वैवाहिक सम्बन्धमा गाँसिन । उनीहरूको दुई छोरी पनि छन् । तर, पनि कृष्णले दोस्रो विवाह गरे । दोस्रो विवाहपश्चात् कृष्ण सीता र दुई छोरीको जिम्मेवारीबाट पछि हटे । यही कारण सीता श्रीमानसँग छुट्टिएर बसिन ।

सीतालाई उनका ससुराले करिब एक रोपनी जमिन नामसारी गरिदिए । तर, केही समय नबित्दै सीताको मृत्यु भयो । अहिले उनकी दुई छोरी मामाघरमा बस्दै अध्ययन गर्दै आएका छन् । तर, उनीहरूलाई बुबाले न त नागरिकता नै बनाईदिए न त आमाको नाममा भएको जमिन नामसारी नै ।

सोही जग्गा नामसारी गर्न पटकपटक उनीहरुको बाबुलाई आग्रह गरे पनि कुनै पहल नभएको उनीहरूको गुनासो छ । तर, कानुनी रुपमा मुद्दा हालेर जग्गा नामसारी गर्न खोज्दा केही आधार नभएको उनीहरूको दुखेसो छ ।

घटना सुडालकी रमिता श्रेष्ठका श्रीमान् दिनहु मद्यपान गर्दै परिवारका सदस्यहरूलाई मानसिक र शारीरिक तनाव दिने गर्थे । पटकपटक प्रहरीमा उजुरी गरेर पक्राउ गर्न लगाए पनि भोलिपल्टै छाड्ने भएकोले  श्रीमानमा प्रहरीप्रतिको डर नै हराइसकेको थियो । श्रीमानलाई मुद्दा हालम नैतिकताले नदिँने । यतिकै राखम सहिसाध्ये छैन । उनले भनिन्, ‘त्यसैले स्थानीय महिला दिदीबहिनीको सहयोगमा उहाँलाई सुधार्ने कोशिश गर्यौ र सफल पनि भयौँ । अहिले पहिलेको जस्तो पीडा सहनु परेको छैन ।

यी त केही मात्रै उदाहरण मात्रै हुन् । भक्तपुरमा यस्ता समस्या पछिल्लो समय बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर, भक्तपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष जघन्य अपराध, मानवअधिकार हननसम्बन्धी तीन सय ६२ वटा उजुरी परेका छन् । जुन गत वर्षको तुलनामा करिब दुई सयले बढी हो । परिसरको तथ्यांकअनुसार गतवर्ष एक सय ६ वटा घटना दर्ता भएको थियो ।

यस वर्ष भक्तपुरमा मात्रै १७ जना बालिका र २४ जना महिला गरी ४१ जनामाथि बलात्कार भएको छ । यसैगरी, १० बालबालिकामाथि यौनदुर्व्यवहार र नौ जना वहुविवाह गरी १९ जना महिला पीडित भएको प्रहरीले जनाएको छ ।

तथ्यांकअनुसार ६ जनाको हत्या र ५८ जनाले आत्महत्या गरेका छन् । यसैगरी, दुई सय आठ जना हराउनुका साथै एक सय ९० जना फेला परेका छन् । हराए ८० महिलामध्ये ७६ जनामहिला, ४७ पुरुषमध्ये ३७ जना, ३६ बालिकामध्ये ३३ र ४५ बालकमध्ये ४४ जना फेला गरेका छन् । विभिन्न स्थानबाट १३ व्यक्तिको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना उच्च रुपमा बढेको छ ।

चिनजानका व्यक्ति तथा आफन्तबाट धेरै महिला पीडित भएको र केही घटना त स्थानीयले लुकाउने समेत गरेको उनले बताए  । उनले कुनै पनि अपराधका मुख्य कारण आर्थिक पक्ष जोडिएको बताउँदै मादक पदार्थ तथा लागू पदार्थको बिक्री वितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने बताए । उनले पीडितलाई आफन्तले रचनात्मक र मानवीय सहयोग नगर्ने बरु थप पीडा दिन खोज्ने प्रवृत्तिका कारण पनि हिंसा बढेको बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशत हिंसा बढेको बताए । उनले घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्ष मुनिको बालिकाहरू बढी पीडित हुने गरेको बताए । वहुविवाह र बालवविाहका कारण उनीहरूबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको र आफ्नो पहिचान पाउन नसकेको बताए । उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्ने जोड दिए ।

स्थानीय तहको न्यायीक समितिमा पनि महिला हिंसा, यौन हिंसालगायतको उजुरी पर्ने गरेको सूर्यविनायक नगरपालिकका उपप्रमुख तथा न्यायीक समितिका प्रमुख जुना बस्नेतले बताइन् ।

उनले मानव अधिकार संरक्षणका लागि स्थानीय तहबाट बालबालिका, महिला तथा आर्थिक रुपमा कमजोर व्यक्तिलाई जनचेतनामूलक कार्यक्रम तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरेको बताए । उनले समुदायमा एकल महिला बढी पीडित भएको पनि बताए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ४० बजे

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते