अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा हालसम्म कोरोनाविरुद्धको खोप लगाउने एक लाख ५० हजार पाँच सय ९४ पुगेका छन् ।

जसमा कम्तीमा ८५ हजार ६ सय ४० जनाले पहिलो र ६४ हजार नौ सय ५४ जनाले पूर्ण मात्रा लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा २४ हजार दुई सय ७० जनाले खोप लगाएका छन् । जस्मा १४ हजार दुई सय ३७ जनाले पहिलो मात्रा र १० हजार ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै, सवैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा १० हजार आठ सय १८ जनालाई खोप लगाइएको छ । जसमा पहिलो मात्रा खोप लगाउनेको ६ हजार दुई सय ६४ र पूर्ण मात्रा खोप लगाउने चार हजार पाँच सय ५४ रहेका छन् ।

साँफेबगर नगरपालिकामा १८ हजार तीन सय ८३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार आठ सय ८७ रहेको छ भने पूर्ण मात्रा खोप लगाउने आठ हजार चार सय ९६ रहेको छ ।

पन्चदेवल विनायक नगरपालिकामा १६ हजार तीन सय १९ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार ६ सय २२ र ६ हजार ६ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

कमलबजार नगरपालिकामा १५ हजार एक सय ९३ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने आठ हजार पाँच सय ८८ रहेको छ भने ६ हजार ६ सय पाँच जनाले पूर्ण मात्रा खोप लगाएको सूचना अधिकारी पन्तले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकामा १४ हजार चार सय ४३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने सात हजार ६ सय ६५ रहेको छ भने ६ हजार सात सय ७८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

रामारोशन गाउँपालिकामा १४ हजार दुई सय ४२ जनालाई खोप लगाइएको छ । यहाँ पहिलो मात्रा खोप लगाउने आठ हजार चार सय ६० र  दुवै मात्रा खोप लगाउने पाँच हजार सात सय ८२ रहेको छ ।

यता, चौरपाटी गाउँपालिकामा १२ हजार नौ सय २२ जनालाई खोप लगाइएको छ । सात हजार चार सय ९१ जनालाई एक मात्रा खोप लागाइएको छ भने पाँच हजार चार सय ३१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

मेल्लेख गाउँपालिकामा १२ हजार ६८ जनालाई खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा खोप लगाउने ६ हजार नौ सय ६४ र उनीहरूमध्ये पाँच हजार एक सय चार जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

ढकारी गाउँपालिकामा ११ हजार नौ सय ३६ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने ६ हजार चार सय ६२ रहेका छन् भने उनीहरूमध्ये पाँच हजार चार सय ७४ जनाले पूर्ण मात्रा खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्यांक अधिकृत एवं सूचना अधिकारी शम्भुनारायण पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  २ : ४८ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा