अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा हालसम्म कोरोनाविरुद्धको खोप लगाउने एक लाख ५० हजार पाँच सय ९४ पुगेका छन् ।

जसमा कम्तीमा ८५ हजार ६ सय ४० जनाले पहिलो र ६४ हजार नौ सय ५४ जनाले पूर्ण मात्रा लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा २४ हजार दुई सय ७० जनाले खोप लगाएका छन् । जस्मा १४ हजार दुई सय ३७ जनाले पहिलो मात्रा र १० हजार ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै, सवैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा १० हजार आठ सय १८ जनालाई खोप लगाइएको छ । जसमा पहिलो मात्रा खोप लगाउनेको ६ हजार दुई सय ६४ र पूर्ण मात्रा खोप लगाउने चार हजार पाँच सय ५४ रहेका छन् ।

साँफेबगर नगरपालिकामा १८ हजार तीन सय ८३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार आठ सय ८७ रहेको छ भने पूर्ण मात्रा खोप लगाउने आठ हजार चार सय ९६ रहेको छ ।

पन्चदेवल विनायक नगरपालिकामा १६ हजार तीन सय १९ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने नौ हजार ६ सय २२ र ६ हजार ६ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

कमलबजार नगरपालिकामा १५ हजार एक सय ९३ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने आठ हजार पाँच सय ८८ रहेको छ भने ६ हजार ६ सय पाँच जनाले पूर्ण मात्रा खोप लगाएको सूचना अधिकारी पन्तले जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकामा १४ हजार चार सय ४३ जनाले खोप लगाएका छन् । जसमा पहिलो मात्रा खोप लगाउने सात हजार ६ सय ६५ रहेको छ भने ६ हजार सात सय ७८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

रामारोशन गाउँपालिकामा १४ हजार दुई सय ४२ जनालाई खोप लगाइएको छ । यहाँ पहिलो मात्रा खोप लगाउने आठ हजार चार सय ६० र  दुवै मात्रा खोप लगाउने पाँच हजार सात सय ८२ रहेको छ ।

यता, चौरपाटी गाउँपालिकामा १२ हजार नौ सय २२ जनालाई खोप लगाइएको छ । सात हजार चार सय ९१ जनालाई एक मात्रा खोप लागाइएको छ भने पाँच हजार चार सय ३१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

मेल्लेख गाउँपालिकामा १२ हजार ६८ जनालाई खोप लगाइएको छ । जसमा कम्तीमा एक मात्रा खोप लगाउने ६ हजार नौ सय ६४ र उनीहरूमध्ये पाँच हजार एक सय चार जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

ढकारी गाउँपालिकामा ११ हजार नौ सय ३६ जनालाई खोप लगाइएको छ । जसमा एक मात्रा खोप लगाउने ६ हजार चार सय ६२ रहेका छन् भने उनीहरूमध्ये पाँच हजार चार सय ७४ जनाले पूर्ण मात्रा खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय अछामका तथ्यांक अधिकृत एवं सूचना अधिकारी शम्भुनारायण पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  २ : ४८ बजे

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ