सरकार, नागरिक समाजसँग क्षमा माग– शेखर कोइराला « Khabarhub

सरकार, नागरिक समाजसँग क्षमा माग– शेखर कोइराला


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन्।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रति गरेको अपराधबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा उन्मुक्ति नपाउने टिप्पणी गरेका छन्।

संसद् विघटन गराएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै विशेष पूजा गरेकै दिन सोमबार दिउँसो शान्तिपूर्ण आन्दोलन गरिरहेका नागरिक अभियन्ताविरुद्ध प्रहरीले पानीको फोहरा र लाठी बर्साएको थियो। जसबाट १२ जनाभन्दा बढी नागरिक अगुवा घाइते भएका छन्। उपचार जारी छ।

यसैलाई इंगित गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

‘देशको माटो निधारमा लगाएर प्रतिगमनका विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन,’ नेता कोइरालाले लेखेका छन्, ‘त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिस्ट शब्दकोशको आत्मालोचनाबाट नै।’

उनले भनेका छन्, ‘सरकार, नागरिक समाजसँग क्षमा माग।’

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ९ : ३१ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९