प्रतिनिधिसभा विघटन प्रकरण : संवैधानिक इजलासमा सुनुवाइ जारी « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : संवैधानिक इजलासमा सुनुवाइ जारी


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

संवैधानिक इजलासमा आजको बहस पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका छन् । सोमबार दिउँसोदेखि चलेको उनको बहस सकिएको थिएन । सुनुवाइको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

यसअघि सोमबारको सुनुवाइमा वहस गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्री केपी शर्मा ओली, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलसँगै अलग्गै संविधान भएको भन्दै कटाक्ष गरेका थिए ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालतनामा लेखाएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको सुनुवाइ गरिरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  १२ : २५ बजे

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक

निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन