ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो : माधव नेपाल « Khabarhub

ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो : माधव नेपाल


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका छन् ।

पाँचथरको फिदिममा कार्यकर्ता प्रशिक्षणमा उनले ओलीकै कारण देश आक्रन्त भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीले चुनाव चिन्ह बयलगाडा राखुन् । सूर्य चुनाव चिन्ह हाम्रो हो ।’ नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘उहाँ बा भनेको सुन्न चाहानुहुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न । लालसलाम उहाँले सुन्न चाहानु हुन्न । सिद्धान्तबाट विचलन भएका छन् ।’

संसद विघटनको कदम असंवैधानिक भएको बताउँदै उनले ओलीको यस कदमविरुद्ध सबै जुट्नु आवश्यक रहेको बताए ।

उनले ओली जालझेल र षड्यन्त्र रच्न सिपालु रहेको बताए ।

‘केपी ओली जाली झेली मान्छे हुन् । उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ । साइवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन् । कस्ता–कस्ता तानाशाहीको सामाना गरेर आयौँ । हामी डराउदैनौँ’, नेपालले भने ‘केपीओलीमा निरङकुश शासकको चरित्र छ । जबज बारे केपीओलीलाई केहि थाहा छैन् । उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम लिन पाउनु हुन्न । ओलीमा कम्युनिस्ट सोच नै छैन् ।’

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले केपीओली प्रवृत्ति विरुद्ध लड्नु परेको बताए । उनले कम्यनिस्ट आन्दोललाई पुनर गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : २८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग