ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो : माधव नेपाल « Khabarhub

ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो : माधव नेपाल


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका छन् ।

पाँचथरको फिदिममा कार्यकर्ता प्रशिक्षणमा उनले ओलीकै कारण देश आक्रन्त भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीले चुनाव चिन्ह बयलगाडा राखुन् । सूर्य चुनाव चिन्ह हाम्रो हो ।’ नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘उहाँ बा भनेको सुन्न चाहानुहुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न । लालसलाम उहाँले सुन्न चाहानु हुन्न । सिद्धान्तबाट विचलन भएका छन् ।’

संसद विघटनको कदम असंवैधानिक भएको बताउँदै उनले ओलीको यस कदमविरुद्ध सबै जुट्नु आवश्यक रहेको बताए ।

उनले ओली जालझेल र षड्यन्त्र रच्न सिपालु रहेको बताए ।

‘केपी ओली जाली झेली मान्छे हुन् । उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ । साइवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन् । कस्ता–कस्ता तानाशाहीको सामाना गरेर आयौँ । हामी डराउदैनौँ’, नेपालले भने ‘केपीओलीमा निरङकुश शासकको चरित्र छ । जबज बारे केपीओलीलाई केहि थाहा छैन् । उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम लिन पाउनु हुन्न । ओलीमा कम्युनिस्ट सोच नै छैन् ।’

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले केपीओली प्रवृत्ति विरुद्ध लड्नु परेको बताए । उनले कम्यनिस्ट आन्दोललाई पुनर गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ४ : २८ बजे

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर