पेटको बोसो सजिलै हटाउन अपनाउनुपर्ने ८ टिप्स « Khabarhub

पेटको बोसो सजिलै हटाउन अपनाउनुपर्ने ८ टिप्स


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटो हुन कसैलाई मन पर्दैन । प्रायःजसो सबै मानिस स्लिम र पातलो हुनै रुचाउँछन् ।

तथापी आधुनिक जीवनशैली र खानपानको लापरबाहका कारण मानिस मोटोपनको शिकार हुन्छन् । यस्तोमा आफ्नो शरीरको वजन कसरी कम गर्ने त ?

१. दिनको शुरुवातमा कागती पानी
यदि अनावश्यक रुपमा बढेको भद्दा शरीर घटाउन चाहानुहुन्छ भने हरेक दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । यसले पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न र मेटाबोलिजम दुरुस्त राख्न मद्दत गर्दछ ।

२. उसिना चामलको सेवन
यदि तपाईलाई खानामा भात नभई हुदैन भने सेतो चामलको सट्टा खैरो चामल वा उसिना चामलको भात खानुहोस् । त्यो पनि कम मात्रामा । यदि सक्नुहुन्छ भने खानामा रोटी, ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।

३. गुलियोबाट टाढिनुहोस्
यदि मोटोपन कम होस् भन्ने चाहानामा हुनुहुन्छ भने गुलियो स्वाद वा मिठाईबाट टाढिनुहोस् । मिठाई तथा तैलीय पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् र दीर्घकालसम्म रहन्छन् ।

४. प्रशस्त पानी पिउनुहोस्
मोटोपन घटाउन प्रशस्त पानी पिउनु पर्दछ । मोटोपन घटाउन यो सहज, सस्तो र सुलभ उपाय हो । पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ ।

५. काँचो लसुन खानुहोस्
बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो लसुन खाने बानी बसाउनुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान बिहान नियमित लसुनको २/३ पोटी चपाएर कागती हालेको तातोपानीमा पिउनाले बोसो घटाउन मद्दत गर्छ ।

६. माछामासुबाट टाढा
माछामासुजन्य मांसहारी भोजन पनि मोटोपन बढाउने कारण हुन् । यसको अत्यधिक सेवनले स्वास्थ्यसम्बन्धी बिभिन्न समस्याहरु उत्पन्न गर्छ । त्यसैले यस्ता भोजन त्याग्नुहोस् ।

७. सागसब्जी बढि खानुहोस्
प्रायः मानिस भात वा रोटी धेरै खाने र तरकारी कम खाने गर्दछन् । तर खानामा प्रशस्त फल र सागसब्जी सामेल गरेमा यो माटोपन घटाउन साथै स्वास्थ्यकालागि फाइदाजनक हुन्छ । यसबाट पेट पनि भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. मसलेदार खाना कम खानुहोस्
खाना पकाउँदा मसलाको प्रयोगमा कमी ल्याएमा तौल नियन्त्रण रहन सक्छ । मसलामा पनि दालचिनी, अदुवा तथा मरिचको प्रयोग गरेमा यी मसलाका कारणले इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा कम गर्छ र स्वास्थ्यमा पनि लाभ पुर्याउँछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : ५४ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता