विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृहको सर्कुलर | Khabarhub Khabarhub

विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृहको सर्कुलर


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ।

गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि विजय जुलुस मनाउने र त्यसका प्रतिकारमा निस्किने जुलुसलाई भेट नगराउने व्यवस्था मिलाउन सर्कुलर जारी गरेको हो। तीनवटै सुरक्षा निकायलाई फरक फरक सर्कुलर जारी गरेपनि त्यसको भाषा भने एउटै रहेको गृह स्रोतले जनाएको छ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि ठाउँ ठाउँमा विजय जुलुस निकाल्दै आएको छ। तर त्यसको प्रतिकारमा जुलुस निस्किएको भने छैन।

तर सम्भावित मुडभेढलाई ध्यानमा राख्दै गृहले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई विजय जुलुस मनाउने र त्यसको प्रतिकारमा जुलुस निस्किए भेट नहुने वातावरण बनाउन सर्कुलर जारी गरेको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : १५ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले