दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गर्दा नेपाली खुशी « Khabarhub

दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन गर्दा नेपाली खुशी


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ ।

थेगु शहरको एक अस्पतालमा रहेको ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको सो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियाली स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाइने यहाँको स्वास्थ विभागले जनाएको छ ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो । उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ ।

कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई मात्रा दिने तयारी गरेको छ ।

यससँगै यहाँ रहेका नेपालीमा खुशीको सञ्चार भएको छ । कोरियाले यसअघि नै यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ ।

हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि सो खोप प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्