सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन | Khabarhub Khabarhub

सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा अभियान्ताहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएपछि फागुन १२ गते प्रहरीले ८ जना अभियन्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरी हिरासतमा राखेको छ ।

संघर्ष समितिले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वोच्च अदालतको फैसलाबाट सच्चिँदा-नसच्चिँदै ओली सरकारले काठमाडौँको बालाजु बाइपासमा जारी गैरन्यायिक सडक विस्तार गर्दै अभियन्ताहरूलाई फागुन १२ गते गिरफ्तार गरी अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको छ।’

उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार गरी यहाँका जनताको उठिवासको गरेको पनि उनीहरूले बताएका छन् ।

अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन् । सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ०७ बजे

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच