सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन « Khabarhub

सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा अभियान्ताहरूले प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएपछि फागुन १२ गते प्रहरीले ८ जना अभियन्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरी हिरासतमा राखेको छ ।

संघर्ष समितिले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र प्रतिगामी कदम सर्वोच्च अदालतको फैसलाबाट सच्चिँदा-नसच्चिँदै ओली सरकारले काठमाडौँको बालाजु बाइपासमा जारी गैरन्यायिक सडक विस्तार गर्दै अभियन्ताहरूलाई फागुन १२ गते गिरफ्तार गरी अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको छ।’

उपत्यका विकास प्राधिकरणले गैरन्यायिक सडक विस्तार गरी यहाँका जनताको उठिवासको गरेको पनि उनीहरूले बताएका छन् ।

अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन् । सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : ०७ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले