प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।

सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । उपाध्यक्ष गौतमले ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेको बुझिएको छ ।

गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका थिए ।  वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले सकारात्मक रहेको जनाए पनि  ठोस जवाफ नदिएको जनाए ।  गौतमले ओलीलाई त्याग गरेर भए पनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन हुँदा उपाध्यक्ष गौतमले नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटनपछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेका हुन् ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले  बिहीबार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए ।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : ३५ बजे

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

काठमाडाैं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट