प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच वालुवाटारमा भेटवार्ता


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।

सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । उपाध्यक्ष गौतमले ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेको बुझिएको छ ।

गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका थिए ।  वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले सकारात्मक रहेको जनाए पनि  ठोस जवाफ नदिएको जनाए ।  गौतमले ओलीलाई त्याग गरेर भए पनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन हुँदा उपाध्यक्ष गौतमले नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटनपछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेका हुन् ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले  बिहीबार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए ।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : ३५ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको