आगलागीबाट २० लाखको क्षति « Khabarhub

आगलागीबाट २० लाखको क्षति


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा आगलागी हुँदा २० लाखको क्षति भएको छ ।

स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर बिहीबार साँझ आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ ।

स्थानीयवासी, प्रहरी र विभिन्न ठाउँबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि उनीहरु खुला अकाशमा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३० बजे

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल