कति महंगा छन् यी भोजपुरी अभिनेता ? « Khabarhub

कति महंगा छन् यी भोजपुरी अभिनेता ?


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्म उद्योगले दिनानुदिन प्रगति गरिरहेको छ । यहाँ काम गर्ने अभिनेता तथा अभिनेत्रीको आम्दानीको चम्काई उस्तै गतिमा बढिरहेको छ ।

यो फिल्म उद्योगले भारतका आम क्षेत्रीय फिल्म उद्योगसँग प्रतिष्पर्धा गर्न सक्ने एउटा उचाई बनाएको छ । विशेषत यहाँका अभिनेताहरु फिल्मबाट राम्रो पारिश्रमिक लिन्छन् ।

नवभारत टाइम्सले यहाँका प्रमुख अभिनेताहरु पवन सिंह, खेसारीलाल यादव, दिनेशलाल यादव निरहुआलगायतले एक फिल्मबाट कति पारिश्रमिक लिन्छन् भन्ने विषयमा समाचार तयार पारेको छ ।

भोजपुरी फिल्म उद्योगमा आफ्नो दमदार अभिनय र गायनका लागि चिनिएका अभिनेता पवन सिंहले एक फिल्मबाट ४५ लाख देखि ५० लाख रुपैंयाँ पारिश्रमिक लिन्छन् । फ्यानहरु उनलाई भोजपुरी फिल्मका सलमान खान भन्छन् ।

अभिनेता खेसारीलाल यादव अभिनयसँगै गायनमा पनि उत्तिकै पोख्त छन् । भोजपुरी उद्योगमा पाइला चालेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनी एक फिल्मबाट ४५ लाख रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

अभिनेता दिनेशलाल यादवलाई मानिसहरु ‘निरहुआ’ नामले बढी चिन्दछन् । उनले निरहुआ नामले फिल्महरु र म्यूजिक एलबम गरिसकेका छन् । उनी एक फिल्मबाट ४० लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छन् । उनले राजनीतिमा पाइला चाले पनि त्यसमा भने सफल हुन सकेनन् ।

भोजपुरी फिल्मका सुपरस्टार हालका दिनमा देशकै ठूलो पञ्चायती प्रतिनिधि छन् । उनले कैयौं सुपरहिट फिल्ममा काम गरे । उनी एक फिल्मबाट ५५ लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छन् । उनले भोजपुरी अलावा बलिउड फिल्ममा पनि काम गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ०० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको