कति महंगा छन् यी भोजपुरी अभिनेता ? « Khabarhub

कति महंगा छन् यी भोजपुरी अभिनेता ?


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भोजपुरी फिल्म उद्योगले दिनानुदिन प्रगति गरिरहेको छ । यहाँ काम गर्ने अभिनेता तथा अभिनेत्रीको आम्दानीको चम्काई उस्तै गतिमा बढिरहेको छ ।

यो फिल्म उद्योगले भारतका आम क्षेत्रीय फिल्म उद्योगसँग प्रतिष्पर्धा गर्न सक्ने एउटा उचाई बनाएको छ । विशेषत यहाँका अभिनेताहरु फिल्मबाट राम्रो पारिश्रमिक लिन्छन् ।

नवभारत टाइम्सले यहाँका प्रमुख अभिनेताहरु पवन सिंह, खेसारीलाल यादव, दिनेशलाल यादव निरहुआलगायतले एक फिल्मबाट कति पारिश्रमिक लिन्छन् भन्ने विषयमा समाचार तयार पारेको छ ।

भोजपुरी फिल्म उद्योगमा आफ्नो दमदार अभिनय र गायनका लागि चिनिएका अभिनेता पवन सिंहले एक फिल्मबाट ४५ लाख देखि ५० लाख रुपैंयाँ पारिश्रमिक लिन्छन् । फ्यानहरु उनलाई भोजपुरी फिल्मका सलमान खान भन्छन् ।

अभिनेता खेसारीलाल यादव अभिनयसँगै गायनमा पनि उत्तिकै पोख्त छन् । भोजपुरी उद्योगमा पाइला चालेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनी एक फिल्मबाट ४५ लाख रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

अभिनेता दिनेशलाल यादवलाई मानिसहरु ‘निरहुआ’ नामले बढी चिन्दछन् । उनले निरहुआ नामले फिल्महरु र म्यूजिक एलबम गरिसकेका छन् । उनी एक फिल्मबाट ४० लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छन् । उनले राजनीतिमा पाइला चाले पनि त्यसमा भने सफल हुन सकेनन् ।

भोजपुरी फिल्मका सुपरस्टार हालका दिनमा देशकै ठूलो पञ्चायती प्रतिनिधि छन् । उनले कैयौं सुपरहिट फिल्ममा काम गरे । उनी एक फिल्मबाट ५५ लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छन् । उनले भोजपुरी अलावा बलिउड फिल्ममा पनि काम गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले