पाकिस्तानी बेण्ड ‘स्ट्रिङ्स’को अन्त्य घोषणा « Khabarhub

पाकिस्तानी बेण्ड ‘स्ट्रिङ्स’को अन्त्य घोषणा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानमा स्थापना भएका धेरै सांगीतिक बेण्डलाई विश्वभरका श्रोता र दर्शकले मनपराएका छन् । यिनै बेण्डमध्येको एक चर्चित बेण्ड ‘स्ट्रिङ्स’का दुई सदस्य बिलाल मकसुद र फैसल कपाडियाले आफुहरु अलग्गिने घोषणा गरेका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार ३३ वर्ष पुरानो यो बेण्डका सदस्यले अलग्गिने निर्णय लिएका हुन् । बेण्डले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउण्टमा यो कुराको जानकारी दिएको छ ।

‘हेलो साथीहरु, यो पोस्ट अन्य पोस्ट भन्दा केही फरक छ । हामीले आज २०२१–०३–२५ मा स्ट्रिङ्सको अन्त्य गर्ने निर्णय लिएका छौं । विगत ३३ वर्षदेखि यो बेण्ड हामी दुईका लागि उत्कृष्ट रह्यो । यस्तो काम गर्नु निकै कठिन हुन्छ र यसलाई सम्भव बनाउनका लागि हामी सबै फ्यानहरुलाई आग्रह गर्छौ । आशा छ हाम्रो निर्णयलाई तपार्इंहरुले स्वीकार्नुहुनेछ’, पोस्टमा लेखिएको छ ।

बिलाल र फैजलले बेण्डलाई अन्त्य गर्ने निर्णय लिए पनि आफूहरु भने नअग्गिने बताएका छन् । ‘हामी बेण्डमा सँगै त रहने छैनौं, तर हाम्रो आत्मीय सम्बन्ध सधैं रहिरहनेछ । हरेक कुराका लागि धन्यवाद’, पोस्टमा अगाडि लेखिएको छ ।

सुरुवाती समयमा सन् १९८० मा यो बेण्डलाई एक कलेज बेण्डको रुपमा निर्माण गरिएको थियो । त्यो समयमा बेण्डमा ४ सदस्य थिए । यो बेण्डको पहिलो हिट गीत ‘सर किये ये पहाड’ थियो । बेण्डका ‘धानी’, ‘ना जाने क्यूँ’, ‘दूर’, ‘सजनी’ र ‘उड जाउँ’ गीत पनि लोकप्रिय छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : १६ बजे

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस