वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो पाँच बुँदे अपिल « Khabarhub

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो पाँच बुँदे अपिल


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यका भित्रको वायु प्रदूषण निकै बढेको मन्त्रालयले जनाएको छ ।

यसले श्वासप्रश्वासमा कठिनाइँ लगायत विविध स्वास्थ्य समस्याहरु देखापर्ने भन्दै मन्त्रालयले सावधानीका सम्बन्धमा पाँच बुँदै अपिल जारी गरेको हो ।

मन्त्रालयले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा मास्कको प्रयोग अनिवार्य गर्नुका साथै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयल अत्यावश्यक नभइ सवारी साधनहरु नचलाउन समेत अनुरोध गरेको छ । सवारी साधना वा पेशा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषणका कारणहरुलाई कम गर्न समेत अनुरोध गरेको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी अपिल

 

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ०२ बजे

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा