दलहरुबीच ‘मिलन विन्दुको आवश्यकता’ खड्कियो : अध्यक्ष थापा « Khabarhub

दलहरुबीच ‘मिलन विन्दुको आवश्यकता’ खड्कियो : अध्यक्ष थापा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र बाह्य शक्तिको चलखेललाई निस्तेज पार्न आन्दोलनकारी शक्ति तथा परम्परागत शक्तिबीच अहिले मिलन बिन्दुको आवश्यकता खड्किएको बताएका छन् ।

राप्रपा मकवानपुरको ३१औं जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन कार्यक्रममा उनले राप्रपा मन, बचन र कर्मले मौजुदा संविधान, जनता र संसदीय प्रजातन्त्रप्रति अटल आस्था रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा राजनैतिक अस्थिरता बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

उनले मुलुकलाई हिंसात्मक दंगा, तोडफोड र वैचारिक द्वन्द्वबाट पृथक राख्न मौजुदा सरकारले भविष्यमा जनतामा जाने निर्वाचनको मार्ग रोज्नुको विकल्प नभएको उल्लेख गर्दै संसद्मा रहेका दलका तर्फबाट बन्ने वैकल्पिक सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने बताए ।

राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले राष्ट्रको सार्वभौम, प्रेस स्वतन्त्रताका साथै प्रजातन्त्रलाई कमजोर तुल्याउने भूमिकामा बाह्य शक्तिले दललाई उपयोग गरेकामा चिन्ता व्यक्त गर्नुभयो । अर्का नेता विक्रम पाण्डेले राप्रपाले सबै दलसँग सहकार्य गरेर देशमा प्रजातान्त्रिक संस्कारको प्रवद्र्धन र दिगो शान्तिका लागि अगुवाई गर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गणेश थापा, मधु अधिकारी, दिपक सिंह, राजाराम बर्तौला तथा मकवानपुरका कार्यबाहक अध्यक्ष शिवराम थापा लगायतले जनताबीचमा विश्वास दिलाउने कार्यमा सधै अग्रसर रहनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ३१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित