नवनियुक्त मन्त्रीको सपथग्रहणलाई मन्त्रीले नै गरे बहिस्कार « Khabarhub

नवनियुक्त मन्त्रीको सपथग्रहणलाई मन्त्रीले नै गरे बहिस्कार


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूको सपथग्रहण समारोहलाई आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले बहिस्कार गरेका छन् ।

शुक्रबार भएको चार मन्त्रीको सपथग्रहण समारोहलाई सरकारकै प्रवाभशाली मन्त्री कार्कीले बहिस्कार गरेका हुन् ।

आफूले चाहेको व्यक्तिलाई मुख्यमन्त्रीले आर्थिक मामिला तथा आयोजना मन्त्री नबनाएपछि कार्कीले सपथग्रहण समारोह बहिस्कार गरेको बुझिएको छ । भर्खरै माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा आयोजना मन्त्रालयको जिम्मेवारी दिएपछि कार्की असन्तुष्ट बनेका हुन् ।

कार्कीले आफू निकट सांसद विमल कार्कीलाई मन्त्री बनाउनुपर्ने लबिङ गर्दै आएका थिए । सपथग्रहण समारोहमा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले मन्त्री कार्की टाउको दुखेर उपस्थित हुन नसकेको बताएका थिए ।

नवनियुक्त मन्त्रीको सपथग्रहण समारोह सम्पन्न भएसँगै यति बेला प्रदेश १ को राजनीतिले नयाँ मोड लिएको छ । माधव नेपाललाई छोडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका र माओवादी छोडेर एमालेमा प्रवेश भएका नयाँ अनुहारलाई मुख्यमन्त्री शेरधन राईले विशेष प्राथमिकता दिएर मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३० बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण