ग्रिजम्यानको गोलमा बार्सिलोना विजयी « Khabarhub

ग्रिजम्यानको गोलमा बार्सिलोना विजयी


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले भिल्ला रियलमाथि पुनरागमन जित हात पारेको छ ।

आइबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा दुबै गोल ग्रिजम्यानले गरे । खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेटमै बार्सिलोनाले ग्रिजम्यानको गोलबाट खेल बराबरीमा ल्याएको थियो ।

खेलको ३५औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना २–१ ले विजयी बन्यो ।

बार्सिलोनाले जितसंगै दोस्रो स्थानको रियल मड्रिडसंग अंक बराबरी गरेको छ । दुवै टिमले ७१ अंक भएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : १० बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय