काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनमा आजदेखि अत्यावश्यक सेवा मात्रै « Khabarhub

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनमा आजदेखि अत्यावश्यक सेवा मात्रै

थप कदम चाल्नेबारे आज तीन जिल्लाका प्रजिअको संयुक्त बैठक  


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

कोरोनमा भाइरस संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

अब प्रशासन कार्यालयले वैशाख २० गतेसम्म शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम तथा अन्य अत्यावश्यक सिफारिस मात्र दिने जनाएको छ ।

यस्तो छ सूचना

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएको र उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिएको छ ।

थप कदमबारे आज पनि बैठक

संक्रमण उच्च हुँदै गएपछि थप कदम चाल्नेबारे आजै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि आज दिउँसो १ बजे संयुक्त बैठक बस्न लागेको अधिकारीहरूले जनाएका छन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पहाडी जिल्लामा २०० र शहरी क्षेत्रमा पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।

यी तीनै जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकाले निषेधाज्ञा जारी हुन सक्ने ठानिएको छ ।

कोरोना जोखिम र आवश्यक कदमबारे छलफल गरी आजै उपयुक्त निर्णय हुन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘निर्णय यही हुन्छ भन्न अहिल्यै सकिँदैन, तर उपयुक्त मोडालिटी अपनाएर तीनै जिल्लामा लागु हुने गरी केही न केही निर्णय गर्छौँ, ‘ प्रजिअ पराजुलीले खबरहबसँग भने ।

 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : २५ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको