कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला « Khabarhub

कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल, आप्रवासी भए देश निकाला


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमण बढेसंगै साउदी अरबले संक्रमण रोक्न थप कदम चालेको छ ।

साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ ।

साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।

साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको सार्वजनिक अभियोजनलाई उद्धृत गर्दै त्यहाँबाट प्रकाशन हुने साउदी ग्याजेट पत्रिकाले जनाएको ।

कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने समेत जनाइएको छ । साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ ।

यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ९५ हजार ५५७ पुगेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९०० रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ठूलो सङ्ख्या नेपाली कामदार रहेको साउदीमा अहिलेसम्म संक्रमणबाट ८९ जना नेपालीले ज्यान गुमाईसकेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

साउदीले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाएको करण के कति नेपाली सङ्क्रमित भए कति निको भएर काममा फर्किए भन्ने आधिकारिक तथ्याङ्क दूतावाससंग पनि छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु